रास्वपा दुई तिहाइ नजिक

२३ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधि सभाको निर्वाचनमा उल्लेखनीय अग्रता कायम गर्दै प्रत्यक्ष र समानुपातिक सिट जोड्दा करिब दुई तिहाइ नजिक पुग्ने संकेत देखिएको छ।

हालसम्मको मतगणना अनुसार रास्वपाले प्रत्यक्षतर्फ ५५ निर्वाचन क्षेत्रमा जित हासिल गरिसकेको छ भने ६६ स्थानमा अग्रता कायम गरेको छ। यसरी जित र अग्रता जोड्दा प्रत्यक्षतर्फ मात्र उसले करिब १२१ सिट जित्ने सम्भावना बलियो देखिएको छ। अझै नतिजा नआएका करिब ३० क्षेत्रमध्ये पनि एक–दुई स्थानमा अन्तिम चरणमा नतिजा आफ्नो पक्षमा पार्न सक्ने अनुमान गरिएको छ। यस आधारमा प्रत्यक्षतर्फ रास्वपाको सिट संख्या अझ बढ्ने सम्भावना पनि देखिन्छ।

समानुपातिकतर्फ भने देशभर करिब ८ लाख मत गणना भइसकेको छ। अहिलेसम्मको विवरण अनुसार रास्वपाले ४ लाख ११ हजार मत प्राप्त गरेको छ, जुन कुल गणनाभित्र करिब ५१ प्रतिशत हुन आउँछ।

दोस्रो स्थानमा रहेको नेपाली कांग्रेस ले करिब १ लाख ३८ हजार मत प्राप्त गरेको छ, जुन करिब १७ प्रतिशत हो। त्यस्तै नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) ले करिब १ लाख १० हजार मत प्राप्त गर्दै करिब साढे १३ प्रतिशत मत हासिल गरेको छ।

यी प्रमुख दलहरू बाहेक नेपाल कम्युनिस्ट पार्टीराष्ट्रिय प्रजातन्त्र पार्टी ले समानुपातिक प्रणालीमा आवश्यक ३ प्रतिशतको थ्रेसहोल्ड पार गरेका छन्। तर श्रम संस्कृति पार्टी ले करिब २ प्रतिशतभन्दा कम मत प्राप्त गरेको हुँदा थ्रेसहोल्ड पार गर्न सकेको छैन। अन्य साना दलहरूले भने यसभन्दा पनि कम मत प्राप्त गरेका छन्।

समग्र परिणाम हेर्दा, प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीमा रास्वपाको बलियो प्रदर्शन देखिएको छ। अन्तिम परिणाम सार्वजनिक भएपछि २७५ सदस्यीय प्रतिनिधि सभामा रास्वपाको सिट संख्या उल्लेखनीय रूपमा बढ्ने र संसद्को शक्ति सन्तुलनमा ठूलो प्रभाव पार्ने देखिएको छ।

0 Comments

Leave a comment

ताजा समाचार

सबै हेर्नुहोस्

Tags

"Stay ahead, stay informed with Arthik Sagar."

ट्यागहरू

© 2026 FinTech Technology. All Rights Reserved.